मुख्य सामग्रीमा जानुहोस्

नागरिक सरोकार

सम्बन्धित निकायमा पठाइएको जोरायल गाउँपालिका वडा न २

कोल्ड स्टोर आयोजना अलपत्र पारेको विषयमा मन्त्रालयको ध्यानाकर्षण

कोल्ड स्टोर आयोजना अलपत्र पारेको विषयमा  मन्त्रालयको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटी जिल्ला समितिका सहसचिव तथा जिल्ला संगठन विभाग प्रमुख डिल्लिराज भट्टले जोरायल गाउँपालिका–१ मा वर्षौंदेखि अलपत्र परेको २० मेट्रिक टन क्षमताको कोल्ड स्टोर (चेम्बर) निर्माण आयोजना तत्काल सम्पन्न गर्न सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

आर्थिक वर्ष २०७७/०७८ मा सुरु भई २०७८ असारभित्र सम्पन्न हुनुपर्ने उक्त आयोजना चार पटक म्याद थप हुँदा पनि हालसम्म करिब आधा मात्र सम्पन्न भएको भन्दै भट्टले सुशासन, प्रभावकारी अनुगमन र सार्वजनिक उत्तरदायित्वमाथि प्रश्न उठाएका छन्।

भट्टले उचित भण्डारणको अभावमा डोटीका किसानहरूले आफ्ना कृषि उत्पादन न्यून मूल्यमा बिक्री गर्नुपर्ने वा कुहिएर नष्ट हुने बाध्यता खेपिरहेको उल्लेख गर्दै आयोजना शीघ्र सञ्चालनमा ल्याउन माग गरेका छन्।

ज्ञापनपत्रमा दीपायल सिलगढी नगरपालिका–४ मा निर्माण सम्झौता भएर पनि काम सुरु नभएको समान प्रकृतिको कोल्ड स्टोर आयोजनाको समेत निष्पक्ष समीक्षा, ढिलाइको छानबिन, जिम्मेवार निर्माण कम्पनीमाथि कारबाही तथा दुवै आयोजना यथाशीघ्र सम्पन्न गरी किसानलाई प्रत्यक्ष लाभ सुनिश्चित गर्न मन्त्रालयसँग आग्रह गरिएको छ।

आफ्नो समस्या पठाउनुहोस्

डोटीको विकासका लागि तपाईंको सुझाव र विचार पठाउनुहोस्।

आफ्नो समस्या पठाउनुहोस्
सेयर गर्नुहोस्
घण्टी डिल्ली राज भट्ट सह-सचिव एवम् संगठन विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी, डोटी