सम्बन्धित निकायमा पठाइएको
बुडर–जोरायल सडक
बुडर–जोरायल सडक निर्माणमा भएको ढिलाइप्रति रास्वपा डोटीको गम्भीर ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी, डोटी जिल्ला समितिको तर्फबाट जिल्ला सह–सचिव तथा संगठन विभाग प्रमुख डिल्ली राज भट्टले बुडर–जोरायल सडक निर्माण कार्यमा भएको अत्यधिक ढिलाइप्रति पूर्वाधार विकास कार्यालय, डडेलधुरामा औपचारिक ध्यानाकर्षण पत्र प्रस्तुत गर्नुभएको छ।
यस क्रममा कार्यालय प्रमुख नवराज रावलसँग निर्माण कार्यमा भएको ढिलाइ, नागरिकले भोगिरहेका समस्या तथा निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्ने विषयमा छलफल भएको थियो। भिडियोमा ध्यानाकर्षण पत्रको मुख्य अंश र कार्यालय प्रमुख नवराज रावलको प्रतिक्रिया समावेश गरिएको छ।
हाम्रो उद्देश्य कसैलाई दोषारोपण गर्नु होइन; जनताको आवाज सम्बन्धित निकायसम्म पुर्याउँदै बुडर–जोरायल सडक निर्माण कार्यलाई शीघ्र सम्पन्न गराउन जिम्मेवार निकायको ध्यानाकर्षण गराउनु हो।
आफ्नो समस्या पठाउनुहोस्
डोटीको विकासका लागि तपाईंको सुझाव र विचार पठाउनुहोस्।
आफ्नो समस्या पठाउनुहोस्