मुख्य सामग्रीमा जानुहोस्

समाचार

जोरायल-२, डाडाखालिमा किसानसँग रा.स्व.पा. डोटीको अन्तरक्रिया सम्पन्न l

जोरायल-२, डाडाखालिमा किसानसँग रा.स्व.पा. डोटीको अन्तरक्रिया सम्पन्न l

डोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) डोटी जिल्ला समितिका सह-सचिव तथा संगठन विभाग प्रमुख डिल्ली राज भट्टको नेतृत्वमा जोरायल गाउँपालिका-२, डाडाखालिमा किसानहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा किसानहरूले स्थानीय तथा प्रदेश सरकारबाट वास्तविक किसानले अपेक्षित सहयोग, कृषि सेवा, उत्पादनको उचित मूल्य, मल-बीउको सहज उपलब्धता, सिँचाइ तथा बजार व्यवस्थापनमा अझै प्रभावकारी सुधार हुन नसकेको गुनासो व्यक्त गरेका छन्। किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य सुनिश्चित गर्दै कृषि क्षेत्रलाई व्यवहारिक रूपमा प्राथमिकता दिन सम्बन्धित निकायसँग माग गरेका छन्।

अन्तरक्रियाका क्रममा किसानका गुनासा, समस्या र सुझावलाई गम्भीरतापूर्वक सुन्नुका साथै सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा रा.स्व.पा. युवा नेता रुद्र ऐर तथा रा.स्व.पा. जोरायल गाउँपालिका समिति सचिव बिनोद सिंह बोहराको उपस्थिति रहेको थियो। साथै, आईटी विज्ञ निरज पालले कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगमार्फत किसानहरूले कृषि उत्पादन, रोग-कीरा पहिचान, मौसमसम्बन्धी जानकारी, बजार मूल्यको सूचना तथा आधुनिक कृषि प्रविधिबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गर्नुभएको थियो।

रा.स्व.पा. डोटीले किसानका वास्तविक आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउँदै किसानको सम्मान, उत्पादनको उचित मूल्य र सहज बजार व्यवस्थापनका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सेयर गर्नुहोस्
घण्टी डिल्ली राज भट्ट सह-सचिव एवम् संगठन विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी, डोटी